June 16, 2024

एजेन्सी – क्लब परिवर्तनको चर्चाका बीच ब्राजिलियन स्टार नेयमार पेरिस सेन्ट जर्मेन(पिएसजी) फिर्ता भएका छन्। नेयमार क्लब छाड्ने चर्चाका बीच पिएसजी फिर्ता भएका हुन्। नेयमार पिएसजीको प्रिसिजन प्रशिक्षणका लागि फिर्ता भइसकेको विभिन्न खेल मिडियाहरुले जनाएका छन्।

पिएसजीले सामाजिक संजालमा मार्फत नेयमार प्रिसिजनका लागि फिर्ता भइसकेको पुष्टि गरेको छ। सामाजिक संजालमा सार्वजनिक भएका तस्विरमा नेयमार क्लबमा शारीरिक परीक्षण गराइरहेका देखिएका छन्।

चोटका कारण नेयमारले सन् २०२२-२३ को आधा भन्दा बढी सिजन गुमाउन परेको थियो। फेब्रुअरीमा उनले खुट्टामा चोट बोकेका थिए। त्यसपछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। घाइते हुनु भन्दा अगाडी नेयमार उच्च लयमा थिए।

पिएसजीको प्रिसिजनका लागि फिर्ता भएपनि नेयमारको भविष्य निश्चित भने छैन। पिएसजी समर्थकको रवाफका कारण नेयमारले पिएसजी छाड्न चाहेको बताइन्छ। त्यस्तै पिएसजीले पनि नेयमारलाई बिक्री गर्ने योजना बनाएको चर्चा हुने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *