June 14, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने क्याटलान क्लब बार्सिलोनाले यस समर ट्रान्सफरमा पेरिस सेन्ट जर्मेन(पिएसजी)का ब्राजिलियन स्टार नेयमार भित्र्याउने अवसरलाई रिजेक्ट गरेको छ।

पिएसजीले नेयमार अफर गरेपनि बार्सिलोनाले रिजेक्ट गरेको स्पेनिस मिडियाहरुले जनाएका छन्। खबरका अनुसार पिएसजीले बार्सिलोनालाई नेयमार फिर्ता गर्न प्रस्ताव गरेको थियो। तर बार्सिलोनाले पिएसजीको प्रस्तावमा चासो देखाएन भन्ने मुन्डो डेपोर्टिभोको दावी छ।

बार्सिलोनाले दुई कारणले गर्दा नेयमारलाई भित्र्याउन अस्विकार गरेको मुन्डो डेपोर्टिभोले जनाएको छ। रिपोर्टका अनुसार बार्सिलोनाले नेयमारलाई भित्र्याउन अस्विकार गर्नुको पहिलो कारण आर्थिक भार हो। नेयमारको पारिश्रमिक उच्च रहेका र ट्रान्सफरका लागि पनि शुल्क लाग्ने भएका कारण बार्सिलोनाले नेयमार भित्र्याउन रिजेक्ट गरेको बताइएको छ।

त्यस्तै अर्को कारण भनेको नेयमारको आनी-बानी र रहन-सहन हो। नेयमार विभाजनकारी व्यक्तित्व रहेका कारण पनि बार्सिलोनाले उनलाई भित्र्याउन नचाहेको मुन्डो डेपोर्टिभोको दावी छ। क्लबको वातावरण नबिग्रियोस् भन्नको लागि पनि बार्सिलोनाले नेयमार नभित्र्याएको बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *