June 14, 2024

एजेन्सी – इटालियन प्रशिक्षक कार्लो एन्सेलोट्टीले सन् २०२४मा रियल म्याड्रिड छाड्ने लगभग पक्का भइसकेको छ। रियलमा एन्सेलोट्टीको सम्झौता सन् २०२४ को समर ट्रान्सफर विन्डो सम्म छ। त्यसपछि एन्सेलोट्टी रियल छाडेर ब्राजिल पुग्नेछन्।

एन्सेलोट्टीले सन् २०२४ देखि ब्राजिलको राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्नेछन्। एन्सेलोट्टीले ब्राजिलको जिम्मेवारी सम्हाल्ने पक्का भएको खबर केहि दिन अगाडी मात्रै आएको थियो। एन्सेलोट्टीले रियल छाड्ने लगभग पक्का भइसकेको अवस्थामा अब रियलको नयाँ प्रशिक्षक को हुन्छ भन्ने बारे चर्चा सुरु भएको छ।

विभिन्न खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने रियलले एन्सेलोट्टीको स्थानमा चार विकल्पलाई नजिकबाट नियालिरहेको छ। रियलले क्लबका पूर्व खेलाडी तथा प्रशिक्षक जिनेदिन जिदान सहित चार प्रशिक्षकलाई एन्सेलोट्टीको उत्तराधिकारीको रुपमा लिएको बताइएको छ।

रियलको नजरमा रहेका प्रशिक्षकहरुमा पूर्व मिडफिल्डर जाबी अलोन्सो, पूर्व स्पेनी अन्तर्राष्ट्रियहरू राउल र अल्भारो अर्बेलोआ रहेका छन्। सके सम्म जिदानलाई क्लब प्रशिक्षकको जिम्मेवारी दिने, नसकेको खण्डमा अन्य तीन मध्ये एकलाई मुख्य प्रशिक्षक बनाउने रियलको योजना रहेको बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *