June 16, 2024

एजेन्सी – म्यानचेस्टर युनाइटेड र ब्राजिलका मिडफिल्डर कासेमिरोले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको प्रशंसा गरेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा कासेमिरोले मेस्सीको प्रशंसा गरेका हुन्।

प्लाकारसँगको कुराकानीमा कासेमिरोले बताएकी जसले फुटबललाई माया गर्छ, उसले मेस्सीलाई माया गर्छ। मेस्सीविरुद्ध खेल्न पाउनु आफ्नो लागि गर्ब र खुशीको कुरा रहेको कासेमिरोले बताए।

“मेस्सीले एक युग बनाए र उनी बार्सिलोना र अर्जेन्टिनासँग खेल्दा सधैं प्रतिस्पर्धात्मक थिए। जसले फुटबललाई माया गर्छ उसले मेस्सीलाई माया गर्छ। उनीविरुद्ध खेल्न पाउँदा खुसी लाग्यो । उनी त्यस्तो व्यक्तित्व हुन्, जसलाई कुनै टिप्पणीको आवश्यकता पर्दैन। जो पनि मेस्सीको प्रशंसा मात्र गर्न सक्छ।”,कासेमिरोले भने।

कासेमिरोले आफू रियल म्याड्रिडबाट खेल्दा धेरै पटक मेस्सीको सामना गरेका थिए। मेस्सी बार्सिलोनामा हुँदा दुई कयौं पटक आमने-सामने भएका छन्। त्यस्तै राष्ट्रिय टोलीबाट खेल्दा पनि दुईले एक-अर्काको सामना गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *