June 16, 2024

एजेन्सी – म्यानचेस्टर युनाइटेड र ब्राजिलका मिडफिल्डर कासेमिरोले म्याराडोना वा पेलेको खेल हेर्न नपाएपनि मेस्सी, रोनाल्डो र नेयमारको खेल हेरेर आनन्द उठाउन पाएको बताएका छन्।

एक मिडियासँगको कुराकानीका क्रममा कासेमिरोले अर्जेन्टिनी स्टार लियोनेल मेस्सी, पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र ब्राजिलियन स्टार नेयमार आफ्नो पुस्ताको सबै भन्दा उत्कृष्ट खेलाडी रहेको बताएका हुन्।

“मैले म्याराडोना वा पेलेको खेल हेर्न पाएको छैन, तर मलाई मेरो पुस्ताका तीन महान खेलाडीहरू: मेस्सी, क्रिस्टियानो र नेयमारको खेल हेर्न पाउँदा रमाइलो लाग्छ।”,एक अन्तर्वार्ताका क्रममा भने।

कासेमिरो गत समर ट्रान्सफर विन्डोमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड पुगेका थिए। त्यस भन्दा अगाडी उनले रियल म्याड्रिडबाट खेल्दै आएका थिए। रियलमा हुँदा उनले रोनाल्डोसँग खेल्ने मौका पाएका थिए। त्यस्तै रियलमै हुँदा उनले मेस्सीको सामना पनि गरेका थिए। त्यस्तै नेयमारसँग त उनले ब्राजिलको राष्ट्रिय टोलीबाट खेल्न पाइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *