June 16, 2024

एजेन्सी – प्रिमियर लिग क्लब आर्सनल क्याटलान क्लब बार्सिलोनाका स्पेनिस फरवार्ड फेरान टोरेसलाई भित्र्याउने इच्छुक देखिएको छ। फुटबल मिडिया ९० मिनेटका स्थानान्तरण संवाददाता ग्रीम बेलीका अनुसार आर्सनलले टोरेसलाई भित्र्याउन इच्छुक देखिएको हो।

स्पेनी अन्तर्राष्ट्रिय म्यानचेस्टर सिटीबाट सन् २०२२ को जनवरी ट्रान्सफर विन्डोमा बार्सिलोना पुगेका थिए। बार्सिलोनाले उनलाई ५५ मिलियन युरो खर्च गरेर भित्र्याएको थियो। तर उनले बार्सिलोनामा अपेक्षा गरिएजस्तो प्रदर्शन गर्न भने सकेनन्।

बार्सिलोनाका लागि ७१ खेल खेल्दा टोरेसले सबै प्रतियोगितामा १४ गोल मात्र गरेका छन्। २३ वर्षीय विङ्गरले गत सिजन ला लिगामा मात्रै १४ खेलमा सुरुवात गर्न पाएका थिए। राफिन्हा, ओस्मान डेम्बेले र अन्सु फाती जस्ता खेलाडी भन्दा पछि परेका टोरेसले क्लब परिवर्तन गर्न चाहेको बताइन्छ।

टोरेसलाई आर्सनल मात्र नभई प्रिमियर लिगका अन्य क्लबले पनि भित्र्याउन चाहेका छन्। उनी माथि न्यूक्यासल युनाइटेड र एस्टन भिल्लाको पनि नजर रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *