June 25, 2024

एजेन्सी – गत समर ट्रान्सफर विन्डोमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले क्लब छाडे पछि जर्मन क्लब बायर्न म्युनिखलाई ठूलो समस्या परिरहेको छ। सन् २०२२-२३ को सिजनमा रोबर्ट लेवान्डोस्कीको अभाव बायर्नमा स्पष्ट देखिन्थ्यो।

त्यसैले बायर्नले यस समर ट्रान्सफर विन्डोमा रोबर्ट लेवान्डोस्कीको अभाव पूरा गर्ने खेलाडीको खोजि गरिरहेको छ। बायर्नले टोटेनहम हटस्परका स्टार ह्यारी केनलाई मुख्य ट्रान्सफर टार्गेट बनाएको छ।

बायर्नले अहिले सम्म केनका लागि दुई प्रस्ताव टोटेनहमलाई पठाइसकेको छ। तर दुवै प्रस्ताव टोटेनहमले स्वीकार गरेन। बायर्नले दुई पटक गरि पठाएको ७० र ८० मिलियन युरोको प्रस्ताव टोटेनहमले सहजै रिजेक्ट गरेपछि बायर्नको ध्यान अर्का प्रिमियर लिग स्टार तर्फ केन्द्रित भएको छ।

जर्मन मिडिया विल्डका अनुसार बायर्नले म्यानचेस्टर सिटीका अर्जेन्टिनी स्टार जुलियन अल्भारेजलाई केनको विकल्पको रुपमा नियामिरहेको छ। बायर्नले अल्भारेजलाई भित्र्याउन चासो देखाएपनि सिटीले भने उनलाई बिक्री गर्ने कुनै योजना बनाएको छैन।

बायर्न अल्भारेजका लागि ९० मिलियन युरो सम्म खर्च गर्न तयार हुने विल्डले जनाएको छ। सिटीले अल्भारेजलाई नर्वेली युवा स्टार एर्लिङ हालाण्डको ब्याक अपको रुपमा प्रयोग गरिरहेको छ। ब्याकअप खेलाडीको रुपमै अल्भारेजले आफूलाई प्रमाणित गर्न सफल भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *