June 14, 2024

एजेन्सी – जर्मनीबाट आइरहेका विभिन्न रिपोर्टहरुलाई मान्ने हो भने जर्मन क्लब बायर्न म्युनिखले साडियो मानेसँग अलग हुने तयारी गरिरहेको छ। विभिन्न जर्मन मिडियाहरुका अनुसार बायर्नले गत सिजन मात्रै क्लबमा आवद्ध भएका मानेबाट छुटकारा माने योजना बनाएको हो।

बायर्नले मानेलाई क्लबको आगामी योजनामा नराखेको र उनलाई बिक्री गर्न चाहेको जर्मन मिडिया किकरले जनाएको छ। बायर्नले मानेलाई साउदी अरेबियन क्लबमा पठाउन चाहेको बताइएको छ। साउदी क्लबहरुले मानेका लागि राम्रो ट्रान्सफर रकम तिर्ने र मानेलाई उच्च पारिश्रमिक पनि दिन सक्ने हुँदा बायर्नले मानेलाई साउदी पठाउन चाहेको किकरको दावी छ।

गत समरमा लिभरपुलबाट तीन वर्षको सम्झौतामा हस्ताक्षर गर्दै माने बायर्नका स्टारका रूपमा जर्मनी पुगेका थिए। तर सेनेगालीले चोटका कारण विश्वकप गुमाए र त्यसपछि उनी आफ्नो उच्च लयमा फर्किन सकेनन्।

क्लबका सहकर्मीहरुसँग पनि मानेको खास राम्रो सम्बन्ध रहन सकेन। अप्रिलमा उनी र लेरोय साने बीच झगडा समेत भयो। जसकारण उनलाई क्लबले जरिवाना पनि तिराएको थियो। बायर्नका लागि खेलेको पहिलो सिजनमा मानेले मात्र ७ गोल गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *