June 25, 2024

एजेन्सी – प्रिमियर लिग क्लब चेल्सी ब्राजिलियन स्टार नेयमारका लागि तम्तयार भएर बसेको थाहा हुन आएको छ। विभिन्न बेलायती मिडियाहरुका अनुसार चेल्सी नेयमारका लागि तम्तयार भएर बसेको हो।

यति बेला चेल्सी नेयमारको निर्णय कुरिरहेको बताइएको छ। नेयमारले पेरिस सेन्ट जर्मेन(पिएसजी) छाड्ने निर्णय गर्ने बितिकै एक्सनमा उत्रने चेल्सीको योजना रहेको छ। नेयमारले पिएसजी छाड्ने निर्णय नगरिसकेका कारण चेल्सी उनको सो निर्णयको कुरेर बसेको हो।

नेयमार र पिएसजी दुवै बहिर्गमनलाई लिएर स्पष्ट छैनन्। नेयमार पनि पिएसजी छाडीहाल्ने निर्णयमा पुगिसकेका छैनन्। क्लबका प्रशिक्षक परिवर्तन भएका कारण उनी पिएसजीमै रहने सम्भावना पनि छ।

त्यस्तै पिएसजीले पनि उन्लेई बिक्री गरिहाल्ने भनेर निर्णय गर्न सकिरहेको छैन। लियोनेल मेस्सी बाहिरिसकेको र किलियन एम्बाप्पेलाई बिक्री गर्न सक्ने भएका कारण पिएसजीले नेयमारको सम्बन्धमा निर्णय लिन नसकेको विभिन्न खेल मिडियाहरु बताउँछन्।

पिएसजी र नेयमार दुवै अलमलमा रहेको अवस्था चेल्सी भने कुरेर बसेको बुझिएको छ। कुनै पनि पक्षबाट ग्रिनसिग्नल आएको खण्डमा ट्रान्सफरक लागि अगाडी बढ्ने चेल्सीको योजना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *