June 22, 2024

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले जर्मन क्लब बायर्न म्युनिखका टार्गेटलाई हाइज्याक गर्ने योजना बनाएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार पिएसजीले बायर्न टार्गेट ह्यारी केनलाई हाइज्याक गर्ने योजना बनाएको हो।

फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेले क्लब छाड्न सक्ने अवस्थालाई मध्यनजर गर्दै पिएसजीले केनलाई भित्र्याउन सक्ने दावी विभिन्न फ्रेन्च खेल मिडियाहरुले जनाएका छन्। आउने केहि दिन भित्र पिएसजीले टोटेनहमलाई प्रस्ताव पठाउन सक्ने बताइन्छ।

केनका लागि बायर्नले पठाएका दुई प्रस्ताव अस्वीकृत भैसकेका छन्। बायर्नले ७० र ८० मिलियन युरोको प्रस्ताव टोटेनहमलाई पठाएको थियो। तर दुवै प्रस्ताव टोटेनहमले अस्विकार गरेको थियो।

टोटेनहमले केनलाई १ सय मिलियन युरो भन्दा कम मूल्यमा बिक्री नगर्ने योजना बनाएको बताइन्छ। यस्तोमा पिएसजीले १ सय मिलियन युरोको प्रस्ताव पठाएर केनलाई भित्र्याउन सक्ने विभिन्न खेल मिडियाहरु बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *