June 25, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले एक विश्व रेकर्ड बनाएका छन्। रोनाल्डोले अर्जेन्टिनी स्टार लियोनेल मेस्सीलाई पछि पार्दै कमाईको मामलामा रेकर्ड बनाएका हुन्। कमाईको मामलामा गत वर्षहरुमा मेस्सी भन्दा पछि परेका रोनाल्डोले पुनः मेस्सीलाई उछिनेका छन्।

रोनाल्डो सन् २०१७ पछि पहिलो पटक फोर्ब्सको विश्वको सबैभन्दा धेरै कमाउने एथलीटहरूको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन्। रोनाल्डोले सन् २०२३ भरमा १ सय ३६ मिलियन डलर कमाएको फोर्ब्सले जनाएको छ।

फोर्ब्सका अनुसार १ सय ३६ मिलियन डलर मध्ये फुटबल खेलेर रोनाल्डोले ४५ मिलियन र फुटबल खेल्ने भन्दा बाहिरका कार्यबाट ९० मिलियन युरो कमाएका हुन्। म्यानचेस्टर युनाइटेड छाडेर अल नासर पुगेपछि रोनाल्डोको कमाई दोब्बर भएको छ।

त्यस्तै सबै भन्दा बढी कमाउने खेलाडीको सूचीको दोस्रो स्थानमा अर्जेन्टिनी स्टार मेस्सी रहेका छन्। उनी रोनाल्डो भन्दा मात्र ६ मिलियन युरोले पछि परेका छन्। उनले सन् २०२३ मा १ सय ३० मिलियन डलर कमाएको फोर्ब्सको दावी छ। मेस्सीले त्यसमध्ये ६५ मिलियन फुटबलबाट र ६५ मिलियन फुटबल मैदान बाहिरबाट कमाएको बताइएको छ।

सबै भन्दा कमाउने सूचीको तेस्रो स्थानमा फ्रेन्च युवा स्टार किलियन एम्बाप्पे छन्। एम्बाप्पेले सन् २०२३ भरमा १ सय २० मिलियन डलर कमाएको फोर्ब्सले जनाएको छ। त्यसमध्ये फुटबल मैदानबाट १ सय मिलियन र मैदान बाहिर बाट २० मिलियन डलर कमाएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *