June 16, 2024

एजेन्सी – इन्टर मियामीका मालिक डेभिड बेकह्यामले लियोनेल मेस्सीलाई आफ्नो क्लबमा ल्याउन पाएकोमा खुसी प्रकट गरेका छन्। मेस्सी आधिकारिक रुपमा मियामीमा सार्वजनिक भएपछि बेकह्यामले खुसी व्यक्त गरेका हुन्।

इन्टर मियामीले पेरिस सेन्ट जर्मेनबाट बाहिरिएपछि मेस्सीलाई एमएलएस पक्षमा सर्ने निर्णय गरेपछि आधिकारिक रूपमा उनको अनुबन्ध पुष्टि गरेको छ। मियामीले सामाजिक संजालमा मेस्सीको एक भिडियो राख्दै मेस्सीलाई आधिकारिक रुपमा सार्वजनिक गरेको हो।

बेकह्यामले सामाजिक संजाल मार्फत’ मेस्सीलाई अमेरिकामा खेलाउने आफ्नो सपना साकार भएको उल्लेख गरेका छन्। आफूले दस वर्ष पहिले एमएलएस फुटबलको यात्रा सुरू गर्दा विश्वका ठूला भन्दा ठूला स्टारलाई अमेरिका ल्याउने सपना देखेको र सो सपना साकार भएको बेकह्यामको भनाई छ।

“हाम्रो कथाको अर्को अध्याय यहाँ सुरु हुन्छ। दस वर्ष पहिले जब मैले यो यात्रा सुरु गरें, मैले संसारका उत्कृष्ट खेलाडीहरूलाई मियामीमा ल्याउने सपना देखेको थिएँ। आज त्यो सपना साकार भयो। लियोको क्यालिबरको खेलाडी हाम्रो क्लबमा सामेल भएकोमा गर्व छ। एक अद्भुत व्यक्ति र उनको सुन्दर परिवारलाई हाम्रो इन्टर मियामी CF समुदायमा सामेल गराउन पाउँदा धेरै नै खुसी छु।”,बेकह्यामले सामाजिक संजालमा लेखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *