June 16, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले मेजर लिग सकर (एमएलएस) भन्दा साउदी प्रो लिग उत्कृष्ट रहेको दावी गरेका छन्। एक अन्तर्वार्ताका क्रममा रोनाल्डोले एमएलएस भन्दा साउदी प्रो लिग राम्रो र उत्कृष्ट रहेको दावी गरेका हुन्।

अन्तर्वाताका क्रममा रोनाल्डोले अब आफू युरोप फिर्ता नहुने स्पष्ट पनि पारे। आफूले साउदी प्रो लिगका लागि ढोका खोलेको र अब धेरै खेलाडीहरुको आगमन साउदी प्रो लिगमा हुने रोनाल्डोको दावी छ।

“साउदी लिग एमएलएस भन्दा साउदी लिग उत्कृष्ट छ। म यसमा शतप्रतिशत पक्का छु कि म युरोपियन फुटबलमा फिर्ता हुने छैन। मैले साउदी लिगको लागि बाटो खोलेको छु … र अब सबै खेलाडीहरू यहाँ आउँदैछन्”,रोनाल्डोले भने।

रोनाल्डोका अनुसार आउने एक वर्षमा साउदी प्रो लिगले टर्की लिग र डच लिगलाई समेत उछिन्नेछ। साउदीमा युवा खेलाडीहरुको समेत आकर्षण रहेको रोनाल्डोले दावी गरे।

उनले भने,”एक वर्षमा, धेरै भन्दा धेरै शीर्ष खेलाडीहरू साउदी आउनेछन्। एक वर्षमा, धेरै भन्दा धेरै शीर्ष खेलाडीहरू साउदी आउनेछन् पछि पार्नेछ। जो खेलाडीहरु यहाँ आउँदैछन्, ती युरोपेली संघका अध्यक्षले भनेजस्तो छैनन्।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *