June 14, 2024

एजेन्सी – एट्लेटिको म्याड्रिडका पोर्चुगिज स्टार जोआओ फेलिक्सले क्याटलान क्लब बार्सिलोनाबाट खेल्ने चाहना व्यक्त गरेका छन्। ट्रान्सफर मार्केट गुरु फाब्रिजियो रोमानोसँगको कुराकानीका क्रममा फेलिक्सले बार्सिलोनाबाट खेल्ने आफ्नो चाहना रहेको बताएका हुन्।

सो बारे रोमानोले सामाजिक संजाल मार्फत जानकारी गराएका छन्। रोमानोका अनुसार फेलिक्सले बार्सिलोना जहिले पनि आफ्नो पहिलो रोजाई रहेको बताएका छन्। बच्चा देखि नै बार्सिलोनाबाट खेल्ने सपना देखिरहेको फेलिक्सले आफूलाई बताएको रोमानोको भनाई छ।

“म बार्सिलोनाबाट खेल्न चाहन्छु। म बार्सिलोनाबाट खेल्न चाहन्छु र बार्सिलोना आवद्ध हुन चाहन्छु। यो सँधै मेरो सपना थियो जब म बच्चा थिएँ। यदि यो भयो भने, यो मेरो लागि सपना साकार हुनेछ।”,रोमानोका अनुसार फेलिक्सले उनीसँगको कुराकानीका क्रममा भनेका छन्।

पछिल्लो समय फेलिक्सको भविष्य निश्चित छैन। पोर्चुगिज क्लब बेन्फिकाबाट एट्लेटिकोले महँगो मूल्यमा खरिद गरेर ल्याएका उनी पछिल्लो समय खासै प्रयोग भइरहेका छैनन्। गत विन्टर ट्रान्सफर विन्डोमा उनले लोनमा चेल्सी पठाइएको थियो।

चेल्सीमा पनि उनले खासै राम्रो प्रदर्शन गर्न सकेनन्। जसकारण किन्न सक्ने विकल्प भएपनि चेल्सीले उनलाई किनेन। लोन सम्झौता सकिएपछि उनी एट्लेटिको फिर्ता त भइसकेका छन्। तर उनलाई एट्लेटिकोले बिक्री गर्न खोजिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *