June 16, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सी र ब्राजिलियन स्टार नेयमार बीच धेरै राम्रो सम्बन्ध छ। व्यक्तिगत मात्र नभई पारिवारिक रुपमा पनि दुई धेरै नजिक छन्। क्याटलान क्लब बार्सिलोनाबाट बाट सुरु भएको यी दुईको मित्रवत सम्बन्ध अझै कायम छ।

मेस्सी र नेयमारले बार्सिलोनामा सँगै चार वर्ष फुटबल खेले। त्यसक्रममा दुईले क्लब फुटबलमा जित्न सम्भव सबै उपाधि जितेका थिए। मेस्सी र नेयमारले बार्सिलोनाबाट च्याम्पियन्स लिग पनि जितेका थिए।

नेयमार सन् २०१७ मा बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगे। पछि सन् २०२१ मा मेस्सी पनि पिएसजी पुगे र दुई वर्ष बिताए। मेस्सी केहि समय अगाडी मात्रै पिएसजी छाडेर अमेरिकी क्लब इन्टर मियामी पुगेका छन्। मेस्सी अमेरिका पुगेपनि दुई बीच राम्रो सम्बन्ध कायम छ।

यसैबीच हालसालै एक अन्तर्वार्ताका क्रममा नेयमारले आफ्नो छोरा जन्मिएको खण्डमा छोराको नाम लियोनेल मेस्सी राख्ने बताएका छन्। एक अन्तर्वार्ताका क्रममा छोरा जन्मिने भएको भए नाम के राख्नु हुन्थ्यो भनेर नेयमारलाई प्रश्न गरिएको थियो।

रमाइलो पारामा नेयमारले लियोनेल मेस्सी राख्ने थिएँ भन्दै जवाफ दिए। उनले भने,”मेस्सी … लियोनेल, लियोनेल राम्रो हुन्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *