June 25, 2024

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)ले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडलाई झड्का दिने भएको छ। पिएसजीले युनाइटेडलाई ट्रान्सफर मार्केटमा झड्का दिने योजना बनाएको हो।

डेनिस फरवार्ड रासमुस होएलण्ड भित्र्याउने दौडमा पिएसजी पनि सहभागी हुने भएको विभिन्न खेल मिडियाहरुले जनाएका छन्। यस अगाडी डेनिस फरवार्ड रासमुस होएलण्ड भित्र्याउने दौडमा युनाइटेड मात्र थियो।

तर अब सो दौडमा पिएसजी पनि देखिएको छ। पिएसजीले सिधै खेलाडीसँग कुराकानी सुरु गरेको बताइएको छ। पिएसजीले पहिला खेलाडीसँग कुराकानी सुरु गरेको र पछि क्लबसँग पनि कुराकानी गर्नेछ।

यस अगाडी होएलण्ड म्यानचेस्टर युनाइटेड जान सहमत भएको खबर आएको थियो। केहि खेल मिडियाहरुले होएलण्ड र युनाइटेड बीच मौखिक सहमति भैसकेको बताइएको थियो। तर पिएसजीको इन्ट्रीले अवस्थामा परिवर्तन ल्याउन सक्ने अनुमान गरिएको छ।

पिएसजी होएलण्ड भित्र्याउन इच्छुक देखिएसँगै युनाइटेडले इटालियन क्लब एटलान्टालाई आधिकारिक प्रस्ताव पठाउने तयारी सुरु गरिसकेको छ। पिएसजीले होएलण्डलाई फकाउनु भन्दा अगाडी नै अनुबन्ध गरिस्कने योजना सहित युनाइटेडले आधिकारी प्रस्ताव पठाउन खोजेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *