June 16, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सी आवद्ध क्लब इन्टर मियामी शनिबार बिहान एक्सनमा उत्रँदैछ। लिग्स कप अन्तर्गतको समूहचरणको खेलका लागि इन्टर मियामी शनिबार बिहान एक्सनमा उत्रन लागेको हो।

शनिबार बिहान मियामीले मेक्सिकोको क्रुज अजुल क्लबको सामना गर्नेछ। खेल नेपाली समय अनुसार बिहानको ५ बजेर ४५ मिनेटमा सुरु हुनेछ। लिग्स कपका लागि अमेरिकी र क्यानडाका टोलीले खेल्ने मेजर लिग सकर र मेक्सिकोको लिगा एमएक्सका ४७ क्लब प्रतिष्पर्धा गर्दैछन्।

अमेरिकाको च्याम्पियन लस एन्जेलस एफसी र मेक्सिको पचुकाले प्रतियोगिताको नकआउट बनाइसकेका छन् भने बाँकी ४५ क्लबलाई १५ समूहमा विभाजन गरिएको छ। हरेक समूहबाट शीर्ष २ टोलीले नकआउट चरणमा स्थान बनाउनेछन्। नकआउटमा कुल ३२ टोली रहनेछन्।

मेस्सी आवद्ध मियामी दक्षिण ३ समूहमा रहेको छ। मियामीका अलावा सो समूहमा मेक्सिकोको क्रुज अजुल र अमेरिकाको एटलान्टा युनाइटेड एफसी रहेका छन्। प्रतियोगिताको पहिलो खेल मियामीले शनिबार बिहान खेल्नेछ।

मेस्सी खेल्लान् ?

शनिबार बिहान अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले मियामीका लागि डेब्यू गर्ने उच्च सम्भावना छ। सुरुवाती ११ को रुपमा नखेलेपनि मेस्सीले वैकल्पिक खेलाडीको रुपमा शनिबार बिहान डेब्यू गर्न सक्ने रिपोर्टहरु मियामीबाट आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *