June 16, 2024

एजेन्सी – इन्टर मिलानका मिडफिल्डर निकोलो बरेल्ला भित्र्याउने दौडमा ट्रेबल च्याम्पियन म्यानचेस्टर सिटी पनि सहभागी हुने भएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार बरेल्ला भित्र्याउने दौडमा सिटी पनि सहभागी हुने भएको हो।

सिटीका प्रशिक्षक पेप गार्डियोला बरेल्लाको प्रशंसक रहेको र सिटी अब उनलाई भित्र्याउने दौडमा सहभागी हुने भएको टुट्टो मर्काटोवेबले जनाएको छ। गार्डियोलाले बरेल्लालाई बर्नार्डो सिल्भाको सम्भावित उत्तराधिकारीको रूपमा भित्र्याउन चाहेको बताइन्छ।

बरेल्ला भित्र्याउने दौडमा यस अगाडी देखि नै अन्य क्लब पनि छन्। उनलाई लिभरपुलले पनि भित्र्याउन चाहेको छ। अब बरेल्लाका लागि सिटी र लिभरपुल दुई क्लब बीच कडा प्रतिष्पर्धा हुने भएको छ।

इन्टर मिलानले बरेल्लालाई १ सय मिलियन युरो भन्दा कम मूल्यमा बिक्री गर्न चाहेको छैन। लिभरपुल ८० मिलियन युरो सम्म खर्च गर्न तयार रहेको बताइन्छ। बरेल्लाका लागि सिटीले के कति खर्च गर्न चाहेको हो भन्ने बारे कुनै जानकारी बाहिर आएको छैन।

बारेलाले इन्टर मिलानको साथ एक प्रभावशाली सिजनको आनन्द उठाइसकेका छन्। सन् २०२२-२३ को सिजनमा इन्टरका लागि ४७ खेल खेले। त्यसक्रममा उनले ९ गोल गरे भने ७ असिस्ट दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *