June 16, 2024

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेलाई प्रि-सिजन टोलीबाट बाहिर राखेको छ। एम्बाप्पेले क्लबलाई धोका दिएको निष्कर्ष सहित पिएसजीले एम्बाप्पेलाई प्रि-सिजन टोलीबाट बाहिर राखेको हो।

एम्बाप्पेले सन् २०२४ मा फ्री ट्रान्सफरमा क्लब छाड्ने निर्णय गरेर एम्बाप्पेले क्लबलाई धोका दिएको पिएसजीको निष्कर्ष रहेको छ। क्लबलाई डुबाउने गरी सित्तैमा क्लब छाड्ने पिएसजीको निर्णयको कडा प्रतिवाद गर्ने मुडमा पिएसजी देखिन्छ।

गत महिना मात्रै एम्बाप्पेले पिएसजीलाई एक पत्र पठाएर आफू सन् २०२४ पछि पिएसजीसँगको सम्झौता थप गर्ने पक्षमा नरहेको जानकारी गराएका थिए। सो पत्र पछि पिएसजी एम्बाप्पेसँग रुष्ट छ।

एम्बाप्पे पक्षले सित्तैमा पिएसजी नछाड्ने बताउँदै आएपनि अब एम्बाप्पे सित्तैमा क्लब छाड्ने योजनामा देखिएको र सो योजना सरासर धोका रहेको पिएसजीको निष्कर्ष रहेको फ्रेन्च मिडियाहरु बताउँछन्।

एम्बाप्पेको नाम लामो समय देखि स्पेनिस महारथी रियल म्याड्रिडसँग जोडिएको छ। एम्बाप्पे लामो समय देखि रियलबाट खेल्ने सपना देखिरहेका छन् र रियल पनि उनलाई भित्र्याउन कुरेर बसेको छ। तर रियलले एम्बाप्पेलाई सन् २०२४ मा मात्रै भित्र्याउन चाहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *