June 17, 2024

एजेन्सी – साउदी क्लब अल हिलालले क्याटलान क्लब बार्सिलोनाका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई भित्र्याउने योजना बनाएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार अल हिलालले रोबर्ट लेवान्डोस्कीलाई सन् २०२४ मा भित्र्याउने योजना बनाएको हो।

लेवान्डोस्की सन् २०२२ को समर ट्रान्सफर विन्डोमा जर्मन क्लब बायर्न म्युनिखबाट बार्सिलोना आइपुगेका थिए। बार्सिलोनाका लागि पहिलो सिजनमा उनले राम्रो प्रदर्शन गर्न सकेका थिए। सन् २०२२-२३ को सिजनमा उनले बार्सिलोनाका लागि कुल ३३ गोल गरेका थिए।

बार्सिलोनामा रोबर्ट उनको सम्झौता सन् २०२५-२६ को सिजन सम्मका लागि छ। तर अल हिलालले उनलाई आउने सिजनको अन्त्य संगै भित्र्याउन प्रयास गर्ने योजना बनाएको मुन्डो डेपोर्टिभोले जनाएको छ।

साउदी प्रो लिगमा अधिपत्य जमाउनको लागि अल हिलालले युरोपका विभिन्न खेलाडीहरु माथि नजर लगाइरहेको छ। अल हिलालले केहि समय अगाडी अर्जेन्टिनी स्टार लियोनेल मेस्सीलाई भित्र्याउन खोजेको थियो।

अल हिलाल मेस्सीलाई दुई वर्षका लागि १ अर्ब युरो सम्म पारिश्रमिक दिन तयार थियो। तर मेस्सी अल हिलालको प्रस्तावलाई रिजेक्ट गर्दै अमेरिका तर्फ लागेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *