June 17, 2024

एजेन्सी – फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेको अनुपस्थितिमा पेरिस सेन्ट जर्मेन(पिएसजी) गोल बिहिन बन्न पुगेको छ। प्रि सिजनको मैत्रीपूर्ण खेलमा पिएसजी साउदी क्लब अल नासरसँग गोलरहित बराबरीमा रोकिएको हो।

जापानमा मंगलबार भएको खेलमा पिएसजीले अल नासर विरुद्ध बलमा राम्रो नियन्त्रण राखेर पनि गोल गर्न सकेन। पिएसजीले अल नासर विरुद्ध बलमा कुल ६५ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर पिएसजीको तर्फबाट कुल १३ प्रहार भएका थिए। जसमध्ये ७ प्रहार टार्गेटमा थिए।

तर कुनै पनि प्रहार गोलमा भने परिणत हुन सकेनन्। अल नासरले खेलभर ९ प्रहार गर्दा ३ प्रहार टार्गेटमा थिए। अल नासरले पनि कुनै प्रहारलाई गोलमा परिणत गर्न सकेन। अल नासरका लागि पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले पनि खेलेका थिए।

उनले ६६ मिनेट खेलेका थिए। रोनाल्डोको दुई प्रहार इटालियन गोलरक्षक जियानलुइजी डोनारुम्माले बचाएका थिए। प्रिसिजनमा रोनाल्डोले अहिले सम्म गोल गरेका छैनन्। प्रिसिजनमा अल नासरले अहिले सम्म जित निकाल्न सकेको छैन।

यसअघि अल नासर सेल्टा भिगोसँग ५-० र बेन्फिकासँग ४-१ ले पराजित हुन पुगेको थियो। प्रिसिजनकै खेलमा अब अल नासरले इन्टर मिलानको सामना गर्दैछ। सो खेल बिहिबार रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *