June 25, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको उच्च प्रदर्शनमा इन्टर मियामीले सानदार जित निकालेको छ। लिग्स कप अन्तर्गतको दोस्रो खेलमा मेस्सीले उच्च प्रदर्शन गरेपछि मियामीले सानदार जित निकाल्न सफल भएको हो।

बुधबार भएको खेलमा मियामीले एटलान्टा युनाइटेडलाई ४-० को गोल अन्तरले पराजित गर्यो। मियामीको जितमा लियोनेल मेस्सी र रोबर्ट टेलरले २-२ गोल गरे। त्यसमध्ये ३ गोल पहिलो हाफ र एक गोल दोस्रो हाफमा भएको थियो।

मियामीले बलमा राम्रो नियन्त्रण राखेर आक्रमण गरेको थियो। बलमा मियामीले ६२ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर मियामीको तर्फबाट कुल १२ प्रहार भएका थिए। जसमध्ये ७ प्रहार टार्गेटमा थिए र ४ प्रहार गोलमा परिणत भए।

एटलान्टा युनाइटेडको तर्फबाट भने खेलभर १० प्रहार हुँदा ६ प्रहार टार्गेटमा थिए। तर कुनै पनि प्रहार गोलमा परिणत हुन भने सकेन। फलस्वरूप खेल ४-० टुंगिन पुग्यो। खेलको अन्त्यमा मियामी १० खेलाडीमा समेटिएपनि एटलान्टा युनाइटेडले त्यसको फाइदा उठाउन सकेन। यस जितसंगै मियामी लिग्स कपको अर्को चरणमा पुग्ने पक्का भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *