June 14, 2024

एजेन्सी – फुटबल खेलाडीहरुको अन्तर्राष्ट्रिय संघ(फिफप्रो)ले सम्झौताको अन्तिम समय सम्म किलियन एम्बाप्पे पेरिस सेन्ट जर्मेन(पिएसजी)मा बस्न पाउने दावी गरेको छ। पिएसजीले सम्झौता एक वर्ष बाँकी हुँदै एम्बाप्पेलाई क्लब छाड्न बाध्य बनाउन खोजेसँगै फुटबल खेलाडीहरुको अन्तर्राष्ट्रिय संघ(फिफप्रो)ले यस्तो दावी गरेको हो।

फिफप्रोका महासचिव जोनास बेर-होफम्यानले एक मिडियासँगको कुराकानीका क्रममा एम्बाप्पेले सम्झौताको अन्तिम समय सम्म पिएसजीमा रहन पाउने अधिकार रहेको स्पष्ट पारे। पिएसजी र एम्बाप्पे दुवैको सहमतिमा सम्झौता भए हुँदा एम्बाप्पेलाई जबर्जस्ति अन्यत्र पठाउन पिएसजीले नसक्ने बेर-होफम्यानले बताए।

“एम्बाप्पेसँग आफ्नो सम्झौताको बाँकी समय सम्मानपूर्वक खेल्ने अधिकार छ। सम्झौता सकिएपछि कहाँ खेल्ने, कता जाने भन्ने निर्णय गर्न पाउँछन्। यो खेलाडीहरूले जितेको स्वतन्त्रता हो। एम्बाप्पेले सम्झौता पछि क्लबको सम्मान गर्दै खेलेका छन्, आफ्नो पक्षबाट दिनुपर्ने सबै दिएका छन्। एम्बाप्पेले सम्झौताको पूरा समय पिएसजीमा बिताउन पाउँछन्।”,बेर-होफम्यानले भने।

एम्बाप्पेले सन् २०२४ पछि सम्झौता थप नगर्ने भएपछि पिएसजीले एम्बाप्पेलाई क्लबबाट लखेट्न खोजिरहेको छ। एम्बाप्पेले बाँकी एक सिजन पिएसजीबाटै खेल्न चाहेपछि पिएसजीले भने उनलाई बिक्री गर्न प्रयास गरिरहेको छ। जसकारण दुई पक्ष बीच यति बेला विवाद चलिरहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *