June 14, 2024

एजेन्सी – पेरिस सेन्ट-जर्मेनका मार्को भेराट्टी साउदी अरब जाने भएका छन्। विभिन्न खेल मिडियाहरुका अनुसार मार्को भेराट्टी साउदी अरब जाने नयाँ ठूला खेलाडी बन्न तयार भएका हुन्।

साउदी प्रो लिग क्लब अल हिलालले भेराट्टीलाई भित्र्याउने भएको विभिन्न खेल मिडियाहरुले जनाएका छन्। यो खबरलाई ट्रान्सफर बजारमा राम्रा जानकार फाब्रिजियो रोमानोले पनि पुष्टि गरेका छन्।

रोमानोका अनुसार भेराट्टीलाई लिएर पिएसजी र अल हिलाल बीच सहमति भैसकेको छ र अब छिट्टै सम्झौता पनि हुनेछ। अल हिलालले भेराट्टीलाई ३ वर्षे सम्झौता प्रस्ताव गरेको बताइएको छ। भेराट्टीले गत गर्मीमा पार्क डेस प्रिन्सेसमा नयाँ चार-वर्षको सम्झौतामा हस्ताक्षर गरेका थिए।

मिडफिल्डर यस गर्मीमा अल-हिलालका लागि ब्लकबस्टर हस्ताक्षरहरूको श्रृंखलामा सबैभन्दा नयाँ खेलाडी बन्ने भएका छन्। अल हिलालले यस अगाडी सर्गेज मिलिन्कोभिक-साभिक, रुबेन नेभ्स र कालिडो कोउलिबालीलाई भित्र्याइसकेको छ।

त्यस्तै अल हिलालले पिएसजीकै अर्का खेलाडी किलियन एम्बाप्पेलाई पनि भित्र्याउन चाहेको छ। पिएसजी र एम्बाप्पे बीचको सम्बन्ध बिग्रिरहेका बेला अल हिलालले एम्बाप्पेलाई भित्र्याउन चाहेको हो। तर एम्बाप्पेले भने अल हिलाल जान इच्छा देखाएका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *