June 14, 2024

एजेन्सी – लालिगा च्याम्पियन बार्सिलोनाले प्रिसिजनको मैत्रीपूर्ण खेलमा हार बेहोरेको छ। प्रि सिजनको मैत्रीपूर्ण खेलमा बार्सिलोना इंग्लिस क्लब आर्सनलसँग पराजित हुन पुगेको हो। बिहिबार अमेरिकामा भएको खेलमा आर्सनलले बार्सिलोनालाई ५-३ को गोल अन्तरले पराजित गर्यो।

बलमा राम्रो नियन्त्रण राखेपनि बार्सिलोनाले आर्सनललाई आक्रमणमा भने पछि पार्न सकेन। बार्सिलोनाले खेलभर बलमा ६० प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर बार्सिलोनाको तर्फबाट कुल ९ प्रहार भएका थिए। जसमध्ये ४ प्रहार टार्गेटमा थिए र ३ प्रहार गोलमा परिणत भए।

त्यस्तै आर्सनलले भने खेलभर कुल २० प्रहार गरेको थियो। जसमध्ये ९ प्रहार टार्गेटमा थिए। त्यसमध्ये ५ प्रहार गोलमा परिणत भए। बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की, राफिन्हा र फेरान टोरेसले गोल गर्दा आर्सनलका लागि बुकायो साका, काइ हाभर्ट्ज, लिआन्द्रो ट्रोसार्ड र फाबिओ भिएराले गोल गरे।

आर्सनलका लागि ट्रोसार्डले दुई गोल गर्न सफल भएका थिए। कुल आठ गोल भएको खेलको पहिलो हाफमा दुवै टोलीले २-२ गोल गरेका थिए। तर दोस्रो हाफमा भने आर्सनलले तीन गोल थप्दा बार्सिलोनाले एक गोल मात्रै थप्न सक्यो।

बार्सिलोनाले प्रिसिजन अन्तर्गतका मैत्रीपूर्ण खेलमा रियल म्याड्रिड, एसी मिलान र टोटेनहमको सामना गर्दैछ। रियल म्याड्रिडसँग जुलाई ३०, एसी मिलानसँग जुलाई २ र टोटेनहमसँग अगस्ट ८ गरी तीन खेल बार्सिलोनाले खेल्नेछ। आर्सनलले भने अगस्ट २ मा मोनाकोसँग खेल्नेछ। कम्युनिटी सिल्ड उपाधिक लागि आर्सनलले अगस्ट ६ मा म्यानचेस्टर सिटीको सामना गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *