June 22, 2024

एजेन्सी – पत्रकार लोइक तान्जीले गरिरहेको दावीलाई मान्ने हो भने फ्रेन्च युवा स्टार किलियन एम्बाप्पे भित्र्याउन नसकिने भएपछि साउदी क्लब अल हिलालको ध्यान एकाएक मोडिएको छ। एम्बाप्पे भित्र्याउन नसकिने भएपछि अल हिलालको ध्यान पिएसजी टार्गेट तर्फ मोडिएको हो।

अल हिलालको ध्यान अब पेरिस सेन्ट जर्मेन(पिएसजी)को नजरमा रहेका भिक्टर ओसिम्हेन तर्फ मोडिएको तान्जीले जनाएका छन्। पिएसजीले एम्बाप्पेलाई बिक्रीमा राखेपछि अल हिलालले एम्बाप्पेलाई भित्र्याउन चाहेको थियो।

अल हिलाल पिएसजीलाई ३ सय मिलियन युरो र एम्बाप्पेलाई पारिश्रमिकको रुपमा ७ सय मिलियन सम्म दिन तयार थियो। तर अल हिलालको प्रस्तावमा एम्बाप्पेले कुनै चासो देखाएनन्। यससंगै अल हिलालको ध्यान ओसिम्हेन तर्फ मोडिएको बताइएको छ।

२०२२-२३ मा नेपोलीलाई सेरी ए जिताउन मद्दत गरेपछि नाइजेरियाली अहिले युरोपेली फुटबलमा सबैभन्दा लोकप्रिय खेलाडीहरु मध्ये एक रहेका छन्। उनी माथि धेरै क्लबहरुको नजर छ।

उनलाई पिएसजी, बायर्न म्युनिख, म्यानचेस्टर युनाइटेड जस्ता क्लबहरुले नजिकबाट नियालिरहेका छन्। अल-हिलाल एसपीएलको आगामी सिजनमा अल-नासर र अल-इतिहादसँग प्रतिष्पर्धा गर्ने मुडमा छ र उसले उत्कृष्ट भन्दा उत्कृष्ट खेलाडीहरु भित्र्याउन चाहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *