June 16, 2024

एजेन्सी – एक स्पेनिस पत्रिकाले गरिरहेको दावीलाई मान्ने हो भने जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस महारथी रियल म्याड्रिडका एक मिडफिल्डर भित्र्याउन चाहेको छ। स्पेनिस पत्रिका एल नेसियोनलले रियलका औरेलियन चोउआमेनीलाई बायर्नले भित्र्याउन चाहेको दावी गरेको हो।

बायर्न औरेलियन चोउआमेनीका लागि ७० मिलियम युरो सम्म खर्च गर्न तयार रहेको एल नेसियोनलले जनाएको छ। जर्मन क्लब बायर्नले चोउआमेनीलाई दिर्घकालिन योजना अन्तर्गत भित्र्याउन चाहेको बताइन्छ।

तर रियल भने चोउआमेनीलाई बिक्री गर्न खासै इच्छुक देखिएको छैन। चोउआमेनीलाई यस अगाडी प्रिमियर लिग क्लब लिभरपुलले भित्र्याउन चाहेको थियो। रियलले लिभरपुलको प्रस्तावमा कुनै चासो देखाएको थिएन।

बायर्न म्युनिख, लिभरपुल, म्यानचेस्टर युनाइटेड, चेल्सी र इन्टर मिलान सबैले प्रतिभाशाली फ्रान्सेली खेलाडीमा चासो देखाएको बताइन्छ। उनी गत वर्ष मात्रै मोनाकोबाट रियल आइपुगेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *