June 25, 2024

एजेन्सी – ब्राजिलका पूर्व स्टार जुलियो ब्याप्टिस्टाले नेयमार अनुबन्ध गर्न आर्सनललाई आग्रह गरेका छन्। एक अन्तर्वार्ताका क्रममा ब्याप्टिस्टाले नेयमार भित्र्याउन प्रिमियर लिग क्लब आर्सनललाई आग्रह गरेका हुन्।

ब्याप्टिस्टा विश्वास गर्छन् कि पीएसजी स्टार क्लबका लागि उपयुक्त हुनेछन् र आर्सनललाई जिताउन मद्दत गर्न सक्छन्। गोलसँग कुराकानी गर्नेक्रममा ब्याप्टिस्टाले पिएसजीमा नेयमारले समर्थकको साथ नपाएको र समर्थकको साथ पाए धेरै राम्रो गर्न सकने बताए।

“यो चाखलाग्दो छ। मलाई लाग्छ नेयमार पीएसजीमा सहज छन्, तर उनले समर्थकको साथ पाइरहेका छैनन्। पिएसजी समर्थक नेयमारलाई मन पराउँदैनन्।”,ब्याप्टिस्टाले गोलसँगको कुराकानीका क्रममा भने।

नेयमारका लागि आवश्यक वातावरण आर्सनलमा मिल्न सक्ने उनले बताए। त्यस्तै आर्सनलका लागि पनि नेयमार सफलताको शुत्रधार बन्न सक्ने ब्याप्टिस्टाको भनाई छ।

उनले भने,”आर्सनल युरोपको उत्कृष्ट क्लबहरू मध्ये एक हो। हामीलाई थाहा छ कि विगत आठ वर्षहरूमा आर्सनलले आफ्नो उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन। अर्टेटाले केहि गर्ने छनक देखाउँदैछन्। नेयमार आर्सनलका लागि सबैकुराको ताला खोल्ने चाबी हुन सक्छन्।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *