June 22, 2024

एजेन्सी – वैदिक ज्योतिष शास्त्रका अनुसार सबै ग्रहहरूले निश्चित रूपमा व्यक्तिको जीवनमा प्रभाव पार्छन्। ग्रहको प्रभावले मानिसको जीवनमा सुख र दुःख दुवै आउँछ। ज्योतिष शास्त्रका अनुसार व्यक्तिको कुण्डलीमा हरेक ग्रह शुभ र अशुभ अवस्थामा रहने गर्छन्। ग्रहहरूको शुभ र अशुभ चालले मानिसको जीवनमा प्रभाव पार्छ।

ज्योतिषशास्त्रमा शनिको विशेष महत्व छ । यदि कुनै व्यक्तिको कुण्डलीमा शनि ग्रह शुभ स्थानमा बसेको छ भने त्यसले व्यक्तिलाई लाभै-लाभ दिलाउँछ। अर्कोतर्फ, यदि कुण्डलीमा शनि अशुभ स्थानमा भएको खण्डमा नकारात्मक असर पर्ने हुन्छ।

सबै ग्रहहरूमध्ये शनि सबैभन्दा सुस्त गतिमा चल्ने ग्रह हो, जसका कारण यसको प्रभाव शुभ र अशुभ दुवै रूपमा लामो समयसम्म रहन्छ। शनिलाई एक राशिबाट अर्को राशिमा प्रवेश गर्न साढे दुई वर्ष लाग्छ। १७ जनवरी २०२३ मा शनि कुम्भ राशिमा प्रवेश गरेको थियो।

त्यसपछि शनिले १७ जुन २०२३ मा सोही राशिमा रहेर चाल परिवर्तन गरेको थियो। अब शनि सन् २०२५ सम्म यही अवस्थामा रहनेछ। शनिको मूल त्रिभुज कुम्भ राशिमा बस्नु शुभ मानिन्छ। यस्तो अवस्थामा ३० वर्षपछि शनिको आफ्नो मूल त्रिभुज राशि कुम्भ राशिमा परिवर्तन हुनु केही व्यक्तिका लागि वरदान र आकस्मिक लाभभन्दा कम हुँदैन।

ज्योतिषीहरुका अनुसार शनिको यो अवस्थाका कारण सिंह, वृष र तुला राशिलाई सबै भन्दा बढी लाभ मिल्नेछ। तीनै राशिका जीवनमा सन् २०२५ सम्म सकात्मक परिवर्तन हुनेछन्। सामाजिक, पारिवारिक, आर्थिक, शैक्षिक सबै पक्षबाट तीन राशिलाई लाभै-लाभ मिल्न सक्ने सम्भावना रहेको ज्योतिषीहरुको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *