June 14, 2024

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले क्याटलान क्लब बार्सिलोनाका एक खेलाडी भित्र्याउने प्रयास सुरु गरेको छ। विभिन्न खेल मिडियाहरुका अनुसार पिएसजीले बार्सिलोनाका फ्रेन्च स्टार उस्मान डेम्बेलेलाई भित्र्याउने प्रयास सुरु गरेको हो।

डेम्बेले र बार्सिलोना बीचको सम्झौता सन् २०२४ सम्मका लागि छ। तर सम्झौतामा रहेको विशेष क्लज अगस्ट १ बाट सक्रिय हुँदैछ। सो सक्रिय भएपछि डेम्बेलेको रिलिज क्लज बढ्नेछ।

जुलाई ३१ सम्म डेम्बेलेको रिलिज क्लज ५० मिलियन युरो रहनेछ। सो रिलिज क्लज १ अगस्टबाट बढेर १ सय मिलियन युरो पुग्नेछ। यो थाहा हुन आएसंगै पिएसजीले डेम्बेलेलाई भित्र्याउन एक पटक पुनः प्रयास गर्ने भएको हो।

पिएसजीले यस अगाडी पनि डेम्बेलेलाई भित्र्याउन चाहेको थियो। तर पिएसजीको प्रयास सफल हुन सकेको थिएन। जुलाई नसकिँदै डेम्बेलेलाई फकाउन पिएसजीले प्रयास गरिरहेको ट्रान्सफर बजारका जानकार फाब्रिजियो रोमानोले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *