June 22, 2024

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)बाट सँगै खेलेका स्पेनिस डिफेन्डर र अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले पुनः एक अर्कालाई टक्कर दिन सक्ने देखिएको छ। रामोस पनि मेस्सी जस्तै अमेरिकी क्लबमा आवद्ध हुने भएसंगै मेस्सी र रामोस पुनः प्रतिद्वन्दी बन्न सक्ने सम्भावना देखिएको हो।

विभिन्न खेल मिडियाहरुका अनुसार पिएसजी छाडिसकेका रामोस अमेरिकी क्लब लस एन्जलस एफसीमा आवद्ध हुन सक्छन्। लस एन्जलस एफसी रामोसलाई छोटो सम्झौता दिन तयार रहेको अमेरिकी खेल मिडियाहरुले जनाएका छन्।

यदि रामोसले लस एन्जलस एफसीसँग सम्झौता गरेको खण्डमा मेस्सी र रामोस एक पटक पुनः एक अर्का विरुद्ध मैदानमा उत्रनेछन्। मेस्सी केहि समय अगाडी मात्रै अमेरिकी क्लब इन्टर मियामीमा आवद्ध भएका थिए।

क्लबका लागि आफ्नो पहिलो दुई खेलमा तीन गोल गरेपछि मेस्सीले मियामीसँग जीवनको उत्कृष्ट सुरुवात गरेका छन्। रामोस लास एन्जलस आवद्ध हुन्छन् कि हुँदैनन् भन्ने कुरा भने समयले नै बताउनेछ।

सन् २०२१ मा रामोस र मेस्सी दुवै पिएसजी पुगेका थिए। रियल र बार्सिलोनाबाट एक अर्का विरुद्ध लामो समय खेलेपनि पिएसजीमा हुँदा भने दुईले एक अर्कालाई राम्रो साथ दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *