June 22, 2024

एजेन्सी – डेनिस फरवार्ड रास्मस होएलण्डका लागि प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब एटलान्टा बीच सहमति भएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार होएलण्डको ट्रान्सफरका लागि एटलान्टा र युनाइटेड बीच सहमति भएको हो।

होएलण्डका लागि युनाइटेडले गरेको ७२ मिलियन पाउण्डको प्रस्ताव एटलान्टाले स्वीकार गरेको छ। ६४ मिलियन पाउण्ड ट्रान्सफर रकम र ८ मिलियन पाउण्ड बोनस गरी युनाइटेड होएलण्डका लागि ७२ मिलियन पाउण्ड खर्च गर्न तयार भएको बताइएको छ।

गत सिजन प्रिमियर लिगमा तेस्रो भएको युनाइटेड आगामी सिजन भने उपाधि माथि धावा बोल्न चाहन्छ। जसको लागे उसले जारी समर ट्रान्सफर विन्डोमा उत्कृष्ट खलाडीहरु भित्र्याउन प्रयास गरिरहेको छ।

यस अगाडी युनाइटेडले ५५ मिलियन पाउण्ड खर्च गरेर चेल्सीबाट मिडफिल्डर मेसन माउन्ट र ४७ मिलियन पाउण्ड खर्चेर इन्टर मिलानका गोलरक्षक आन्द्रे ओनानालाई भित्र्याएको थियो।

होएलण्ड सन् २०२२ मा एटलान्टा पुगेका हुन्। सन् २०२२-२३ को सिजनभर उनले कुल ३४ खेल खेलेका थिए। जसमा उनले १० गोल गरेका थिए भने ४ गोलका लागि असिस्ट दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *