June 14, 2024

एजेन्सी – प्रिसिजनको मैत्रीपूर्ण खेलमा क्याटलान क्लब बार्सिलोनाले चर्चित प्रतिद्वन्द्वी क्लब रियल म्याड्रिड माथि सानदार जित निकालेको छ। आइतबार बिहान अमेरिकामा भएको खेलमा बार्सिलोनाले रियल विरुद्ध सानदार जित निकाल्न सफल भएको हो।

रियल विरुद्धको खेलमा बार्सिलोनाका तीन खेलाडीले गोल गरे। ओस्मान डेम्बेले, फेर्मिन लोपेज र फेरान टोरेसले एक-एक गोल गर्दा बार्सिलोना ३-० को गोल अन्तरले विजयी हुन पुग्यो। बलमा राम्रो नियन्त्रण राखेर निरन्तर आक्रमणमा उत्रिएपनि रियलले गोल गर्न सकेन।

खेलभर बलमा रियलले ५३ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर रियलको तर्फबाट कुल २९ प्रहार भएका थिए। जसमध्ये ५ प्रहार टार्गेटमा थिए। तर एक प्रहार पनि गोलमा भने परिणत हुन सकेनन्।

बार्सिलोनाले भने खेलभर मात्र १२ प्रहार गरेको थियो। जसमध्ये ७ प्रहार टार्गेटमा थिए र ३ प्रहार गोलमा परिणत भए। बार्सिलोनाले एक गोल पहिलो हाफमा गरेको थियो भने थप दुई खेल खेलको अन्तिम समयमा गरेको थियो।

खेलको १५ औं मिनेटमा डेम्बेलेले बार्सिलोनालाई अग्रता दिलाएका थिए। खेलको ८५ औं मिनेटमा फेर्मिन लोपेजले अग्रता दोब्बर पार्दा ९० मिनेट पछि थप गरिएको पहिलो मिनेटमा गोल गर्दै टोरेसले तेस्रो गोल गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *