June 16, 2024

एजेन्सी – साउदी अरेबियन क्लब अल नासरले ट्युनिसियाली क्लब मोनास्तिरलाई सहजै पराजित गरेको छ। अरब क्लब च्याम्पियन्स कप अन्तर्गतको खेलमा अल नासरले मोनास्तिरलाई सहजै पराजित गर्न सफल भएको हो।

सोमबार राति भएको खेलमा अल नासरले मोनास्तिरलाई ४-१ को गोल अन्तरले पराजित गर्यो। अल नासरका लागि चार फरक खेलाडीले गोल गर्दा मोनास्तिरले भने एक गोल उपहारको रुपमा पाएको थियो।

बल तथा खेलमा पूरा नियन्त्रण अल नासरले राखेको थियो। अल नासरले बलमा कुल ७१ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर अल नासरले कुल १३ प्र-हार गरेको थियो। जस मध्ये ८ प्र-हार टार्गेटमा थिए।

त्यस्तै मोनास्तिरको तर्फबाट खेलभर ६ प्र-हार भएका थिए। जसमध्ये १ प्रहा-र मात्र टार्गेटमा थियो। अल नासरले पहिलो हाफमा एक गोल गर्दा अन्य तीन गोल दोस्रो हाफमा थपेको थियो।

अल नासरका लागि तालिस्का, क्रिस्टियानो रोनाल्डो, अब्दुलाह अल-अम्री र अब्दुलअजीज साउद अल इलेवाईले गोल गरेका थिए। त्यस्तै अल नासरका अली लाजामीले आत्मघाती गोल गर्दै एक गोल मोनास्तिरलाई उपहार दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *