June 14, 2024

एजेन्सी – बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले उस्माने डेम्बेलेलाई चेतावनी दिएका छन्। विभिन्न खेल मिडियाहरुका अनुसार पेरिस सेन्ट जर्मेन(पिएसजी) जाने तरखरमा रहेका डेम्बेलेलाई ब्राजिलियन स्टार नेयमारको उदाहरण दिँदै चेतावनी दिएका हुन्।

जाभीले पिएसजी गएर नेयमार सफल हुन नसकेको उदाहरण डेम्बेलेलाई दिएको विभिन्न खेल मिडियाहरुले जनाएका छन्। नेयमारले पिएसजी गएकोमा पछुताएको र पटक-पटक बार्सिलोना फिर्ता हुन चाहेको विषय डेम्बेलेलाई अवगत गराएको बताइएको छ।

सन् २०१७ मा नेयमार बार्सिलोनाबाट पिएसजी पुगेका थिए। पिएसजी पुगेपछि उनी सफल हुन भने सकेनन्। त्यसयता नेयमारले पटक-पटक बार्सिलोना फर्किन खोजेका छन्। तर बार्सिलोना फर्किने अवसर उनले पाएनन्।

पछिल्लो समय आइरहेका खबर अनुसार डेम्बेलेले पिएसजी जाने मन बनाइसकेका छन्। पिएसजीबाट आएको प्रस्तावलाई डेम्बेलेले व्यक्तिगत रुपमा स्वीकार गरिसकेको बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *