June 14, 2024

एजेन्सी – स्पेनिस पत्रिका स्पोर्टले गरिरहेको दावीलाई मान्ने हो भने क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक जाभी फ्रेन्च विंगर ओस्मान डेम्बेलेसँग रुष्ट छन्। बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेन(पिएसजी) जाने निर्णय गरेसंगै जाभी डेम्बेलेसँग रुष्ट भएका हुन्।

डेम्बेलेले आफूलाई धोका दिएको जाभीको निष्कर्ष रहेको बताइएको छ। डेम्बेलेलाई आफूले क्लबको योजनामा राखेपनि डेम्बेलेले भने आफूलाई धोका दिएको जाभीको निष्कर्ष रहेको छ।

बार्सिलोना आएदेखि निरन्तर चोटका कारण खेल्न नसकिरहेका डेम्बेले जाभीको आगमन पछि भने उच्च लयमा प्रदर्शन गर्न सकेका थिए। सन् २०२२-२३ को सिजनमा उनले बार्सिलोनाका लागि कुल ३५ खेल खेल्दा ८ गोल गरेका थिए भने ९ असिस्ट दिएका थिए।

केहि दिन अगाडी मात्रै डेम्बेलेले पिएसजी जाने निर्णय गरेका हुन्। पिएसजी र डेम्बेले बीच पाँच वर्षे सम्झौताका लागि मौखिक सहमति भैसकेको छ। अब सहमति हुन बाँकी भनेको पिएसजी र बार्सिलोना बीच मात्र हो। त्यो पनि केहि दिन भित्र हुन सक्ने उच्च सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *