June 22, 2024

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलको नजर ब्राजिलक उदयीमान एक खेलाडीमा परेको छ। विभिन्न खेल मिडियाहरुका अनुसार लिभरपुलको नजर ब्राजिलियन मिडफिल्डर आन्द्रे माथि परेको हो।

ब्राजिलियन क्लब फ्लुमिनेन्स स्टार आन्द्रेलाई लिभरपुलले धेरै नजिकबाट नियालिरहेको बताइएको छ। २२ वर्षीय आन्द्रेलाई लिभरपुलले भविष्यलाई ध्यानमा राखेर भित्र्याउन चाहेको विभिन्न ब्राजिलियन तथा बेलायती मिडियाहरुले जनाएका छन्।

क्लबका धेरै खेलाडी बिदा भएपछि लिभरपुल यति बेला नयाँ खेलाडीहरु भित्र्याउने क्रममा छ। लिभरपुलका जोर्डन हेन्डरसन र फाबिन्हो बाहिरिएपछि लिभरपुलले थप मिडफिल्डरहरुको खोजि गरिरहेको छ।

यस समर ट्रान्सफर विन्डोमा लिभरपुलले दुई खेलाडी भित्र्याइसकेको छ। तर लिभरपुल यतिमै रोकिने योजनामा नरहेको बताइन्छ। लिभरपुलले आन्द्रेलाई ट्रान्सफरको सूचीमा समावेश गरेको बेलायती मिडिया स्काई स्पोर्ट्सले जनाएको छ। आन्द्रेका लागि लिभरपुल २१ मिलियन पाउण्ड सम्म खर्च गर्न तयार रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *