June 17, 2024

एजेन्सी – स्पेनिस युवा मिडफिल्डर पेड्रीले आफू बार्सिलोनामै केन्द्रित रहेको स्पष्ट पारेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा पेड्रीले आफू बार्सिलोनामै रहने स्पष्ट पारेका हुन्।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले पेड्रीलाई भित्र्याउन चाहिरहेको खबर आइरहेका बेला पेड्रीले आफू बार्सिलोना छाड्ने पक्षमा नरहेको स्पष्ट पार्दै सबै हल्लाहरुलाई खारेज गरिदिए।

“हो, पक्का। म यहाँ धेरै सन्तुष्ट छु। म यहाँ रमाइरहेको छु, भ्रमणको आनन्द उठाइरहेको छु। मानिसहरूले अरू कतै के भनिरहेका छन् त्यसमा म ध्यान दिइरहेको छैन। म प्रि-सिजनको लागि तयारी गर्ने र बार्सिलोनासँग रमाइलो गर्ने बारे मात्र सोचिरहेको छु।”,पेड्रीले भने।

पेड्रीले सो कुराकानीका क्रममा के कस्ता प्रस्तावहरु आउँछन् भन्ने कुरामा आफ्नो ध्यान नहुने पनि स्पष्ट पारे। त्यस्ता विषयहरुका लागि आफ्ना प्रतिनिधिहरुले काम गर्ने पेड्रीको भनाई छ।

उनले भने,”म मेरो बाटोमा आउने प्रस्तावहरूमा नजर राख्दिन। मेरा प्रतिनिधिहरूले त्यसको व्यवस्थापन गर्छन। म मेरो लागि महत्त्वपूर्ण कुरामा केन्द्रित छु, जुन तालिम र खेल हो। “

Leave a Reply

Your email address will not be published. Required fields are marked *