June 16, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सी आवद्ध अमेरिकी क्लब इन्टर मियामी बिहिबार बिहान एक्सनमा उत्रँदैछ। लिग्स कप अन्तर्गतको राउन्ड अफ ३२ चरणमा ओर्लान्डो सिटी विरुद्ध एक्सनमा उत्रन लागेको हो।

समूह चरणका दुई खेल मध्ये दुवै खेलमा जितेको मियामी र अपराजित ओर्लान्डो बीचको खेल नेपाली समय अनुसार बिहिबार बिहान ५ बजेर ४५ मिनेटमा सुरु हुनेछ। दुवै टोली समूहचरणमा उच्च प्रदर्शन गरेर अन्तिम ३२ मा आइपुगेका टोली रहेका छन्।

मेस्सीको आगमन पछि मियामीले राम्रो प्रदर्शन गरिरहेको छ। घरेलु लिगमा निरन्तर कम्जोर प्रदर्शन गरेपनि मियामीले लिग्स कपका दुई खेल मध्ये दुवै खेलमा उच्च प्रदर्शन गर्दै जित निकालेको थियो भने दुवै खेलमा मेस्सीले गोल गरेका थिए।

पहिलो खेलमा मेस्सीले अन्तिम समयमा फ्री किक गोल गर्दै मियामीको जित पक्का गरेका थिए। दोस्रो खेलमा मेस्सीले मायमीका लागि २ खेलमा ३ गोल र १ असिस्ट प्रदान गर्दा एटलान्टा पराजित भएको थियो।

अगस्ट २ मा फ्लोरिडास्थित फोर्ट लौडरडेलमा हुने खेलमा मेस्सी पुनः चमत्कार गर्ने दाउ सहित मैदानमा उत्रनेछन्। निरन्तर दुई खेलमा गोल गरेका मेस्सी ओर्लान्डो विरुद्ध पनि गोल गर्ने योजनामा हुनेछन्। ओर्लान्डोलाई पराजित गर्न सके मेस्सी अमेरिकी भूमिमा पहिलो उपाधि जित्ने दौडमा हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *