June 16, 2024

एजेन्सी – साउदी प्रो लिगका दुई क्लब क्याटलान क्लब बार्सिलोनाका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की भित्र्याउने दौडमा सामेल भएका छन्। विभिन्न खेल मिडियाहरुका अनुसार दुई साउदी क्लब रोबर्ट लेवान्डोस्कीको पछि लागेका हुन्।

रोबर्ट लेवान्डोस्कीलाई भित्र्याउने दौडमा सामेल भएका क्लबहरुमा अल-हिलाल र अल-शबाब रहेका छन्। दुवै क्लबले लेवान्डोस्कीलाई उच्च पारिश्रमिक सहित भित्र्याउन खोजेको बताइएको छ।

दुवै क्लबले लेवान्डोस्कीका प्रतिनिधिहरुलाई सम्पर्क गरेको स्पेनिस पत्रिका एल नेसियोनलले जनाएको छ। लियोनेल मेस्सी र किलियन एम्बाप्पेलाई भित्र्याउन असफल भएपछि अल हिलाल लेवान्डोस्की तर्फ मोडिएको सो पत्रिकाले आफ्नो खबरमा उल्लेख गरेको छ।

त्यस्तै अल-शबाब लेवान्डोस्कीलाई ६० मिलियन युरो पारिश्रमिक दिन तयार रहेको बताइएको छ। दुवै साउदी क्लब लेवान्डोस्कीलाई भित्र्याउन इच्छुक देखिएपनि बार्सिलोनाले लेवान्डोस्कीलाई बिक्री गर्ने कमै सम्भावना छ।

लेवान्डोस्की सन् २०२२ को समर ट्रान्सफर विन्डोमा जर्मन क्लब बायर्न म्युनिखबाट बार्सिलोना आइपुगेका थिए। बार्सिलोनाका लागि पहिलो सिजनमा उनले राम्रो प्रदर्शन गर्न सकेका थिए। सन् २०२२-२३ को सिजनमा उनले बार्सिलोनाका लागि कुल ३३ गोल गरेका थिए। बार्सिलोनामा रोबर्ट उनको सम्झौता सन् २०२५-२६ को सिजन सम्मका लागि छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *