June 17, 2024

काठमाडौँ – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने ग्लोबल टि२० क्यानडा सानदार र दुर्लभ प्रदर्शन गरेर सबैलाई चकित बनाएका छन्। सर्रे जागुअर्सबाट ग्लोबल टि२० क्यानडा खेलिरहेका लामिछानेले मिसिसौगा प्यान्थर्स विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका हुन्।

सर्रे जागुअर्सले मिसिसौगा प्यान्थर्सविरुद्ध ८ विकेटको सहज जित निकाल्दा लामिछानेले ४ ओभरमा मात्रै ६ रन खर्चेर ३ विकेट लिन सफल भएका थिए। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पान्थर्स १४.३ ओभरमा ५६ रनमा अल आउट भएको थियो।

५७ रनको लक्ष्य सर्रेले ९ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो। यस जितसंगै लामिछानेको क्लब जागुअर्सले प्रतियोगिताको क्वालिफायरमा स्थान बनाएको छ। सर्रेको जितमा मोहम्मद हरिस २३ बलमा ६ चौका र १ छक्कासहित ३७ रन बनाएका थिए।

सन्दीपले जित प्लेयर अफ द म्याच अवार्ड

उत्कृष्ट प्रदर्शनका लागि लामिछानेले प्लेयर अफ द म्याच अवार्ड जितेका छन्। सन्दीपले म्यान अफ द म्याच अवार्ड वापत १ हजार डलर जितेका छन्। जारी प्रतियोगितामा लामिछानेले पहिलो पटक प्लेयर अफ द म्याच अवार्ड जितेका हुन्।

यस भन्दा अगाडी लामिछानेले मोमेन्ट अफ द म्याच अवार्ड मात्र जितेका थिए। जारी प्रतियोगितामा उनले मोमेन्ट अफ द म्याच अवार्ड तीन पटक जितेका छन्। मोमेन्ट अफ द म्याच अवार्डको पुरस्कार राशि ५ सय डलर रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *