June 25, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सी गत महिना मात्रै अमेरिका पुगेका हुन्। अमेरिकी क्लब इन्टर मियामीमा आवद्ध भएको एक महिना नपुग्दै मेस्सीले तहल्का मच्चाउन थालिसकेका छन्।

मेस्सीको आइपुग्ने बितिकै ओरालो लागिरहेको इन्टर मियामीले उच्च प्रदर्शन गर्न थालिसकेको छ। मेस्सी आउनु भन्दा अगाडी इन्टर मियामी निरन्तर पराजित भएको थियो। झन्डै १० खेल निरन्तर जित निकाल्न नसकेको मियामीले पछिल्लो तीन खेलमा जित निकालेको छ।

मेजर सकर लिगको अन्तिम स्थानमा रहेको मियामीले लिग्स कप अन्तर्गतका खेलमा भने निरन्तर जित निकालेको हो। मियामीले लिग्स कपका तीन खेलमा जित निकाल्दा मेस्सीले महत्वपूर्ण भूमिका निभाएका थिए।

मेस्सीले ३ खेलमा ५ गोल गरिसकेका छन् भने एक असिस्ट दिएका छन्। मेस्सीले उच्च प्रदर्शन गर्दा इन्टर मियामी लिग्स कपको अन्तिम १६ मा प्रवेश गरिसकेको छ।

पहिलो खेलमा मेस्सीले अन्तिम समयमा फ्री किक गोल गर्दै मियामीको जित पक्का गरेका थिए। दोस्रो खेलमा मेस्सीले मायमीका लागि २ खेलमा ३ गोल र १ असिस्ट प्रदान गर्दा एटलान्टा पराजित भएको थियो।

अन्तिम ३२ को खेलमा ओर्लान्डो सिटीलाई ३-१ ले पराजित गरेसंगै मियामी अन्तिम १६ मा प्रवेश गरिसकेको छ। मायमीका लागि प्लेयर अफ द म्याच घोषित कप्तान मेस्सीले दुई गोल गर्दा जोसे मार्टिनेजले १ गोल गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *