June 14, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सी अमेरिकी क्लब इन्टर मियामीका लागि पहिलो ‘अवे’ खेल खेल्दैछन्। मेस्सीले मियामीका लागि पहिलो अवे खेलमा एफसि डालास विरुद्ध खेल्ने भएका हुन्।

खेल एफसि डालासको घरेलु मैदानमा हुनेछ। मेस्सी मियामीबाट खेल्ने भएका कारण सो खेलका सम्पूर्ण टिकेट १० मिनेट भित्रै बिकेको छ। विभिन्न खेल मिडियाहरुका अनुसार टिकेट बुकिङ खुलेको १० मिनेट पनि नबित्दै सबै टिकेट बिकेका हुन्।

टिकेटको मूल्य सुन्दा धेरैलाई अचम्म पनि लाग्न सक्छ। सबै भन्दा सस्ता टिकेटको मूल्य २ सय ९९ डलर रहेको अमेरिकी मिडियाहरुले जनाएका छन्। मेस्सी खेलेको हेर्न डलासको टोयोटा स्टेडियममा २० हजार मानिस उपस्थित हुनेछन्।

मेस्सी अमेरिका पुगेदेखि नै एक प्रकारको हाइप बनिरहेको छ। अन्य खेलकुद भन्दा फुटबल अमेरिकामा कम प्रख्यात भएपनि मेस्सीका खेलेका खेलहरुमा स्टेडियमहरु भरिभराउ हुने गरेका छन्।

गत महिना मियामीका लागि डेब्यू गरेका मेस्सीले उच्च प्रदर्शन गरिरहेका छन्। मियामीका लागि तीन खेल खेल्दा मेस्सीले ५ गोल गरेका छन् भने १ असिस्ट दिएका छन्। मेस्सीको उच्च प्रदर्शनमा ओरालो लागेको मियामी लयमा फर्किएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *