June 16, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले बिहिबार राति साउदी क्लब अल नासरको उद्धार गरे। हार्न लागिसकेको खेलमा महत्वपूर्ण गोल गर्दै रोनाल्डोले अल नासरको उद्धार गरेका हुन्।

रोनाल्डोले अल नासरको उद्धार मात्र गरेनन्, अल नासरलाई अरब च्याम्पियन्स कपमा टिकाएपनि। रोनाल्डो नभएको भए अल नासर बिहिबार जामालेकसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिने थियो।

तर रोनाल्डो भएका कारण कम्ब्याक सम्भव भयो र अल नासर प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्यो। जामालेकका लागि जिजोले ५४ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए। त्यसपछि अल नासरले निरन्तर खेलमा फर्किन प्रयास गर्यो। खेलको ८७ औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई १-१ को अवस्थामा पुर्याए।

रोनाल्डोले सो गोल हेडर मार्फत गरेका थिए। रोनाल्डोले गोल नगरेको भए अल नासर प्रतियोगिताबाट आउट हुने थियो। अल नासरको सट्टा जामालेक समूहको उपविजेता बन्दै प्रतोयोगिताको नकआउट चरणमा प्रवेश गर्ने थियो।

रोनाल्डोले गोल गरेसंगै अल नासर सूहचरणको उपविजेता बन्यो। नकआउटमा अल नासरले अब मोरक्कोको राजा कलासाबान्काको सामना गर्नेछ। सो खेल अगस्ट ६ मा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *