June 25, 2024

एजेन्सी – केहि फ्रेन्च मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने पेरिस सेन्ट जर्मेन(पिएसजी)ले क्लबका खेलकुद निर्देशकलाई छिट्टै बर्खास्त गर्न सक्छ। पिएसजीले खेलकुद निर्देशक लुइस क्याम्पोसलाई बर्खास्त गर्ने तयारी गरिरहेको ले पेरिसियनले जनाएको छ।

केलियन एमबाप्पेको अवस्थालाई लिएर असहमति भएपछि लुइस क्याम्पोसलाई बर्खास्त गर्ने तयारी पिएसजीले गरिरहेको बताइएको छ। एम्बाप्पेसँग सम्बन्ध बिग्रिरहेको अवस्थामा पिएसजीले क्याम्पोसलाई बर्खास्त गर्न सक्ने सम्भावना बढेको छ।

फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेले पिएसजीसँगको सम्झौता सन् २०२४ पछि थप नगर्ने स्पष्ट पारिसकेका छन्। यससंगै एम्बाप्पेले सन् २०२४ को सिजन सकिएपछि पिएसजी छाड्ने पक्का भएको छ।

एम्बाप्पेले सन् २०२४ पछि सम्झौता नथप्ने स्पष्ट पारेसंगै पिएसजीमा भूकम्प नै गएको। एम्बाप्पे सम्झौता थप नगर्ने निर्णयमा पुग्नुको दोष क्याम्पोस माथि थोपरिएको र उनी आफ्नो जागिर गुमाउने अवस्थामा पुगेको फ्रेन्च मिडियाहरुलाई लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *