June 25, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले ब्राजिलियन स्टार नेयमारलाई लोनमा भित्र्याउन अस्विकार गरेको छ। विभिन्न खेल मिडियाहरुका अनुसार बार्सिलोनाले नेयमारलाई भित्र्याउन अस्विकार गरेको हो।

पेरिस सेन्ट जर्मेन(पिएसजी)ले ओस्मान डेम्बेले डिलमा नेयमारलाई समावेश गर्न चाहेको विभिन्न खेल मिडियाहरुले जनाएका छन्। तर बार्सिलोनाले भने नेयमारलाई लोनमा भित्र्याउन समेत अस्विकार गरेको छ।

डेम्बेले पिएसजी जाने तरखरमा छन्। डेम्बेले र पिएसजी बीच मौखिक सहमति भैसकेको छ। डेम्बेलेको विषयमा बार्सिलोना र पिएसजी निरन्तर संवादमा छन् र डिलले छिट्टै अन्तिम रुप पाउनेछ।

सो डिलमा पिएसजीले बार्सिलोनालाई नेयमार अफर गरेपनि बार्सिलोनाले नेयमारमा कुनै चासो नदेखाएको बताइएको छ। बार्सिलोनाका प्रशिक्षक जाभीले नेयमारलाई आफ्नो योजनामा राख्न नसक्ने बताएपछि बार्सिलोनाले नेयमार भित्र्याउने अवसरलाई रिजेक्ट गरेको विभिन्न खेल मिडियाहरु बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *