June 25, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले जर्मन वन्डरकिडलाई भित्र्याउने भएको छ। बार्सिलोनाले जर्मन वन्डरकिड नोआ डार्भिचलाई भित्र्याउने भएको हो। विभिन्न खेल मिडियाहरुका अनुसार बार्सिलोना डार्भिचलाई भित्र्याउन सहमत भइसकेको छ।

बार्सिलोना फ्राइबर्गबाट जर्मन शीर्ष प्रतिभा नोआ डार्भिचलाई अनुबन्ध गर्न तयार रहेको खबरलाई चर्चित ट्रान्सफर गुरु फाब्रिजियो रोमानोले पनि पुष्टि गरेका छन्। बार्सिलोना डार्भिचका लागि ३ मिलियन युरो खर्च गर्न तयार रहेको रोमानोले जनाएका छन्।

डार्भिचलाई भित्र्याउने दौडमा बार्सिलोना मात्र थिएन। सो दौडमा पेरिस सेन्ट जर्मेन(पिएसजी), म्यानचेस्टर सिटी र बायर्न म्युनिख समेत थिए। तर तीन क्लबलाई पछि पार्दै बार्सिलोनाले डार्भिच भित्र्याउने भएको बताइएको छ।

मात्र १६ वर्षका डार्भिच सन् २०१७ मा फ्रेइबर्गमा आवद्ध भएका थिए। उनी एक बहुमुखी आक्रामक मिडफिल्डर हुन् जसले विभिन्न स्थानमा खेल्न सक्छन्। गत जुनमा हंगेरीमा भएको अन्डर-१७ युरोपियन च्याम्पियनसिपमा डार्भिचलाई उत्कृष्ट खेलाडीमध्ये एक मानिएको थियो।

उनी पहिलो वर्षको लागि सैद्धान्तिक रूपमा बार्सा एथ्लेटिकमा सर्ने अपेक्षा गरिएको छ किनकि उनी राफा मार्केजको नेतृत्वमा रहेको टोलीमा सामेल हुने क्रममा पहिलो टोलीका प्रशिक्षक जाभी हर्नान्डेजमा प्रभाव पार्ने योजनामा हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *