June 14, 2024

एजेन्सी – क्रिस्टियन सलामान्का नाम गरेका एक व्यक्तिले इन्टर मियामीको स्टेडियमको शौचालय सफा गर्ने काम पाएका थिए। एक प्राइभेट कम्पनिमा कार्यरत उनले स्टेडियमको बस रोक्ने क्षेत्रको शौचालय सफा गर्ने जिम्मेवारी दिइएको थियो।

इन्टर मियामीको स्टेडियममा पुगेको पहिलो दिन नै उनले अर्जेन्टिनी स्टार लियोनेल मेस्सीलाई भेट्ने अवसर पाए। उनले मेस्सीलाई भेट्न मात्र पाएनन्, अटोग्राफ पनि लिन भ्याए। तर उनले जागिर भने गुमाए।

भएको के थियो ?

एक अन्तर्वार्ताका क्रममा सलामान्काले बताएकी स्टेडियममा खेलाडीहरुको बस रोक्ने स्थानमा उनलाई खटाइएको थियो। त्यहाँको शौचालय सफा गर्ने उनको जिम्मेवारी थियो। काममा खटिएकै बेला इन्टर मियामीको बस आयो र बसबाट अन्तिममा मेस्सी निस्किए।

मेस्सी निस्किएपछि आफूले ‘हे, विश्व च्याम्पियन’ भनेर बोलाएको र ड्यूटी ड्रेस भित्र लगाएको अर्जेन्टिनाको जर्सीमा मेस्सीको अटोग्राफ पाएको सलामान्काले बताए। मेस्सीको अटोग्राफ पाएपनि ड्यूटीमै हुँदा नियम मिचेको भन्दै उनले जागिर भए गुमाए। जागिर गुमाएकोमा आफूलाई कुनै पश्चाताप नरहेको सलामान्का बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *