June 25, 2024

एजेन्सी – बार्सिलोनाका डिफेन्डर सर्जिनो डेस्ट यस समर क्याम्प नोउबाट बाहिरिने सम्भावना छ । द एथलेटिकका अनुसार, अमेरिकी स्टारलाई बार्सिलोनाले सस्तैमा बिक्री गर्न सक्छ।

बार्सिलोनाले डेस्टलाई १० मिलियन युरो पाएपनि बिक्री गर्ने योजना बनाएको द एथलेटिकले जनाएको छ। बिक्री हुन नसके बार्सिलोनाले डेस्टलाई लोनमा अन्य क्लब पठाउन सक्ने सम्भावना पनि रहेको छ।

डेस्ट बार्सिलोनाका सबै प्रि-सिजन फिक्स्चरहरूमा देखा परेका छन्। उनले रियल म्याड्रिड र एसी मिलान विरुद्धको क्लबको भिडन्तमा बेन्चबाट मैदान प्रवेश गर्दा आर्सनल विरुद्धको खेलमा भने सुरुवात गरेका थिए।

यो पनि खबर बाहिर आएको छ कि डेस्टलाई बिक्री गर्न नसकेको खण्डमा डेस्टसँगको सम्झौता आपसी सहमतिमा खारेज गर्न सक्छ। बार्सिलोनामा डेस्टको सम्झौता सन् २०२५ सम्मका लागि छ।

डेस्टलाई अमेरिकाका विभिन्न क्लबहरुले भित्र्याउन इच्छा देखाएका छन्। त्यस्तै प्रिमियर लिगका केहि क्लब पनि उनलाई भित्र्याउन चाहन्छन्। डेस्टले अमेरिका फर्किने भन्दा पनि युरोपमै रहन चाहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *