June 16, 2024

एजेन्सी – सन् २०२२-२३ को सिजनमा निरन्तर कम्जोर प्रदर्शन गरेको प्रिमियर लिग क्लब चेल्सीलाई नयाँ सिजन सुरु हुन भन्दा अगाडी नै झ-ड्का लागेको छ। महत्वपूर्ण खेलाडी घाइते भएसंगै चेल्सीलाई नयाँ सिजन सुरु हुनु भन्दा अगाडी नै चेल्सीलाई झ-ड्का लागेको हो।

विभिन्न खेल मिडियाहरुका अनुसार यसै समर ट्रान्सफर विन्डोमा चेल्सी आइपुगेका क्रिस्टोफर एनकुन्कु घाइते भएका छन् र उनले प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेल गुमाउन सक्छन्।

प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा चेल्सीले लिभरपुलको सामना गर्दैछ। चेल्सीले घरेलु मैदानमा दुई साता भन्दा कम समयमा लिभरपुलको सामना गर्दा क्रिस्टोफर एनकुन्कु उपलब्ध नहुने सम्भावना रहेको छ।

फ्रेन्च फरवार्डले बुन्डेसलिगाको टोली बोरुसिया डर्टमन्ड विरुद्ध ब्लुजको अन्तिम प्रिसिजन खेलको क्रममा चोट बोकेको बताइएको छ। खेलको पहिलो हाफमा पेनाल्टी बक्समा नकुन्कु डर्टमण्डका खेलाडीसँग ठोक्किएका थिए।

अमेरिकामा भर्खरै सम्पन्न प्रि-सिजन तयारीका क्रममा २४ वर्षीय चेल्सीका उत्कृष्ट खेलाडी मध्ये एक थिए, जहाँ उनले चार खेलमा तीन गोल गरे। चेल्सीले उनलाई यहि समर ट्रान्सफर विन्डोमा भित्र्याएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *